मुख्य समाचार
सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका | प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस | जेन–जी आन्दोलनमा देशभर वितण्डा मचाउने २३७ जना पक्राउ | के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका | प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस | जेन–जी आन्दोलनमा देशभर वितण्डा मचाउने २३७ जना पक्राउ | के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न |

जो चोर उसैको ठुलो स्वर

ATN khabar
घर जग्गा हडपन दोहोरो नागरिकताको मुद्दाको सहारा लिदै नजमा खातुनले साहारा दिनेलाई नै बेघर बनाउने प्रपञ्च रच्दै

ताविल अन्सारी
बिराटनगर । एका सगोलको छुटको जग्गा जालसाज गरी आफनै नाममा पारेकी नजमा खातुनले साहारा दिनेलाई नै बेघर बनाउने प्रपञ्च रच्दै दोहोरो नागरिकताको मुद्दा बढाएको पिडित पक्षले बताएका छन् ।
आफै नेपाल र भारत दुवै तिरको नागरिकता लिएकी नजमा खातुनले प्रशासनलाई मुर्ख बनाउँदै अंशियारलाई दोहोरो नागरिकताको मुद्दा हालेर फसाउने प्रपञ्च रचेकी  हो । बिराटनगर महानगर पालिका वडा नं.६ साविक वडा नं.७ बस्ने आसिफ मियाँको ५ छोरा मध्ये २ छोरा मो. असलम प्रवेज र स्व. जावेद अख्तर नेपालमा बस्दै आएका थिए भने ३ छोरा भारतको दरभंगा जिल्ला मिर्जा हायद वेग वडा नं.३०मा बस्दै आएका छन् । उनीहरु भारतीय नागरिक हुन नेपालका नागरिकता लिएका छैनन् । नेपाल बस्दै आएका मो. असलम प्रवेज र स्व. जावेद अख्तर सँगै बसेका उनीहरुका बुबा आसिफ मियाँ बि.सं. २०२६ साल देखि नेपालमा बस्दै आएका हुन । जबकि स्व. जावेद अख्तर बिराटगरमा सिलाई कटाई मेशिन को मर्मत सम्भार कार्य गरि आएको आम्दानीबाट भारतमै रहेकी उनको पत्नि नजमा खातुन र जहान बालबच्चाहरुको पालन पोषणका लागि खर्च पठाउने गरेका मो. असलम प्रवेजका छोरा यासिर जमालले एटिएन खबर डटकमलाई बताए । बि.सं.२०७३ जेठ २१ गते जावेद अख्तरको मृत्यु भए पछि उनीकि श्रीमति नजमा खातुन सपरिवार नेपाल आई मो. असलम प्रवेज को घरमा बस्न थालिन ् । स्ववासीको छुट जग्गा नम्बरी बनाउने दरखास्त आव्हान भएपश्चात विश्वास गरेर बुहारी नजमा खातुनलाई संयुक्त रुपमा जग्गा दर्ता कायम गर्नका लागि सबै कागज पत्र र नगद दिएको तर नजमा खातुनले जालसाज गरेर एकलौटि आफनै नाममा जग्गा दर्ता गराउन खोजेको थाहा पाई मो. असलम प्रवेजले नजमा खातुन विरुद्ध भूमि सुधार तथा मालपोत कार्यालय बिराटनगरमा मिति २०७९।०४ । १९ गते निवेदन उजुरी गरे तर त्यस उजुरीलाई वेवास्ता गर्दै मिति २०७९।०४।२० गने नजमा खातुनको नाममा एकलौटी जग्गा दर्ता कायम गरी मालपोत कार्यालयले नजमा खातुनलाई लालपुर्जा दियो । जसमा मालपोत कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले जालसाजी सर्जमीन मुचुल्का लगायत सिफारिश तयार गरि मोटो रकमको चलखेल भएको पिडित पक्षको आरोप रहेको छ । पिडित मो. असलम प्रवेजले न्यायका लागि नजमा खातुन विरुद्ध जिल्ला अदालत मोरंगमा हक कायम ,निर्णय बदर र संयुक्त दर्ता कायम मुद्दा तथा जालसाज मुद्दा मिति २०७९ साल कार्तिक महिनामा दर्ता गराएका थिए र अहिले त्यो मुद्दा सम्मानित अदालतमा चलि रहेको छ ।
यता जग्गा विवाद मुद्दा परे पछि नजमा खातुन र उनका आफन्तहरुले मो. असलम प्रवेज को दोहोरो नागरिकता मुद्दा जिल्ला प्रशासन कार्यालय ,बिराटनगरमा दर्ता गरेता पनि सो मुद्दा गृह मन्त्रालय सम्म पुगेर विचाराधिन अवस्था छ भने प्रशासनले कारबाही गरेन भनि जो चोर उसैको ठुलो स्वर जस्तै मिडिया मार्फत आक्रोश पोख्दै छिन । जबकि मो. असलम प्रवेज र उनका परिवारका सदस्यहरुले भारतको नागरिकता , आधारकार्ड इ.सं. २०१७ । ११।१ मा त्याग गरेको दरभंगा नगर निगमको पत्र पनि छ । आरोप लगाउने पक्षका नजमा खातुन , उनका भाई नसिम मियाँ, जावेद अख्तर , तनविर अख्तर , ज्या अख्तर , जीनत प्रविण , मोहताब अन्सारी , बेताब आलम , समेतको भारतको पहिचान ,आधार तथा राशन कार्ड समेत रहेको यासिर जमाल बताउँछन ् । नजमा खातुनको अहिले पनि भारतको पंजाब नेशनल बैंकमा भारतको पहिचान आधार कार्डको आधारमा बैंक खाता रहेको छ । नेपालमा पनि नेपाली नागरिक्ताको प्रमाणपत्र रहेको छ । मो. असलम प्रवेजले आफु नेपालमा ४०।४५ वर्ष देखि बस्दै आएको व्यापार गरि घर बनाएको तर सँधै भारतमा बस्दै आएकी नजमा खातुन पतिको मृत्यु पश्चात ६।७ वर्ष देखि नेपालमा आएर बसी आफुले जिवन भरि कमाई गरि जोडेको धनसम्पत्ति , भोग जग्गा तथा घर हडप्नका लागि झेलझाल गरेकीले न्यायका लागि सरोकारवालाहरुसँग गुहार माग्दै सबैमा अपिल समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार